‘नेपाल आइडल’ सिजन–३ आजबाट सुरू हुदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’ सिजन–३ आजबाट सुरू हुँदैछ । अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेको आयोजकले आजबाट प्रशारण सुरू गर्न लागेको हो ।

यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन ।

यसअघिका दुई सिजनमा ‘सो’ को होस्ट गरेकी रिमा विश्वकर्मा यो सिजनमा देखिने छैनन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतको भनाइ छ ।

कार्यक्रम राति ८ः३० बजे एपी वान टेलिभिजनबाट प्रशारण हुने छ ।
‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजेता बनेका थिए ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *