नेपाली स्याटेलाइटले पहिलोपल्ट पठायो अन्तरिक्षबाट चार तस्वीर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालको पहिलो स्याटेलाइटले खिचेका तस्विरहरु पहिलो पटक सार्वजनिक गरिएको छ । गत बैशाख ५ गते बिहान अमेरिकाबाट अन्तरिक्षमा पठाइएको नानो स्याटेलाइटले खिचेका चार तस्विर शनिबार सार्वजनिक गरिएको हो ।

बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुईमा श्रीलंकाली भूभाग देखिन्छ । एउटा जापानमाथि बादल लागेको भूभागको छ भने र अर्को सूर्य रहेको छ ।

यी तस्वीरहरु क्युटेक (क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी) र श्रीलंका रहेको ग्राउन्ड स्टेसनको प्रयोग गरेर खचिएको हो । नानो स्याटेलाइटमा रहेका क्यामेराले काम गर्छ कि गर्दैन भनेर परीक्षणका लागि शुरुमा सूर्यको तस्विर खिचेको बर्ड्स थ्री परियोजनाका प्रमुख आभास मास्केले जानकारी दिए ।

नेपालमा ग्राउन्ड स्टेसन बनेपछि नेपालको भूभागको तस्वीर खिच्ने उनले बताए । शनिबार सार्वजनिक गरिएका तस्विरहरु केही समयअघि लिइएको मास्केले जानकारी दिए । जापानका विभिन्न निकायको अनुमतिपछि यी तस्विरहरु सार्वजनिक गरिएको हो ।

उनले भने, ‘नेपालमा ग्राउन्ड स्टेसन बनेपछि यतैबाट अपलिंक गरेर फोटो खिच्ने र डाउन लिंक गर्ने योजना छ । त्यो पनि सार्वजनिक गर्ने छौं ।’
नेपाली नानो भूउपग्रहका सबै परीक्षणहरु पूरा गरी अहिले तस्वीर खिच्ने काम भइरहेको हो । उक्त भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ ।

मास्के जापानको क्युटेकमा स्पेश टेक्नोलोजीको विषयमा विद्यावारिधी गर्दैछन् । यो प्रोजेक्टमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का तर्फबाट प्राविधिक हरिराम श्रेष्ठ सहभागी रहेका छन् ।

जापानले आफ्नो अन्तरिक्ष कार्यक्रम नभएका नेपालजस्ता देशका लक्षित गर्दै बड्र्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्युटेकबाट नेपालसँगै श्रीलंकाले रावण वान र जापानले युगुइसी नामको नानो स्याटलाइट अन्तरिक्ष पठाइएको छ ।

नेपाली स्याट वान १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ । यो १ किलो ३३० ग्रामको छ ।

प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने यो नानो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्दै आएको छ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्छ ।

मास्केले जापानी समयअनुसार राति ९ बजे जापानी आकाशमा आइपुग्ने बताए । प्रत्येक पटक आकाशमा आइपुग्दा ग्राउन्ड स्टेसन र स्याटलाइटबीच दस मिनेट मात्रै सम्पर्क हुनेगर्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *