नेपाली सेनाद्वारा रौतहटमा दुई जना संक्रमितको शव व्यवस्थापन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहटस्थित नेपाली सेनाको टोलीले दुई जना कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन गरेको छ । ईन्द्रबक्स गण गौरबाट तालिम प्राप्त टोलीले मौलापुर नपा–३ गमहरिया गाउँछेउ र यमुनामाई गापा–३ राजपुर छेउ खाली स्थानमा शव व्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँणले बताए ।

तालिम प्राप्त सेनाको टोलीले राष्ट्रिय धुन बजाएर सलामीसहित संक्रमितको शव व्यवस्थापन गरेको कर्णेल खाँणले जानकारी दिएका छन ।गमहरियाका ३० वर्षीय पुरुष श्वास प्रश्वास तथा किड्नी रोगबाट ग्रसित हुँदा गत ७ गते वीरगञ्जस्थित कोरोना विशेष हेल्थ केयर अस्पतालमा पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो ।

पचारको क्रममा उनको शनिवार राति मृत्यु भएको थियो ।त्यसैगरी राजपुरका ४० वर्षीय पुरुष चिनिरोग, ज्वरो र झाडापखालाबाट ग्रसित भएपछि गत १२ गते वीरगञ्जस्थित कोरोना विशेष गण्डक अस्पतालमा भर्ना गर्ने क्रममा पीसीआर जाँचमा पोजेटिभ देखिएको थियो । उपचारको क्रममा उनको पनि गत राति मृत्यु भएको थियो ।आइतबार रातिनै दुवैजनाको शव एम्बुलेन्सबाट मगाएर व्यवस्थापन गरिएको थियो । यसका साथै रौतहटमा कोरोनाभाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *