नेपाली सेनाको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान शनिवार नेपाल आउदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली सेनाले इन्डोनेसियाबाट नयाँ विमान ल्याउने भएको छ। इन्डोनेसियाली मिडियाका अनुसार सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको हो।

उक्त विमान इन्डोनेसियाली सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको हो। विमान इन्डोनेसियाको वेस्ट जाभा, बान्डुङमा रहेको हुसेन सास्त्रानेगारा एयरबेसबाट बुधबार काठमाडौंका लागि उडेको छ। उक्त विमान आगामी शनिबार काठमाडौं आइपुग्नेछ। विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो।

यो रकम भनेको नेपाली करिब ३ अर्ब ३८ करोड रूपैयाँ हो। सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बहुउपयोगी जहाज शनिबार नेपाली भूमिमा अवतरण हुने बताए। उनले सेनाले खरिद गरेको सो विमानलाई आवश्यकताअनुसार परिमार्जन र उपयोगमा ल्याउन सकिने खालको भएको जानकारी दिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *