नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ४५ अर्ब ८६ करोड ५० लाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली सेनाको सैनिक कल्याणकारी कोषले कोषको रकम ३८ अर्ब ५७ करोड ६१ लाखबाट बढेर ४५ अर्ब ८६ करोड ५० लाख पुगेको जनाएको छ । कोषद्वारा शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा कोषका निर्देशक सागरबहादुर केसीले कोषको रकम १८ दशमलब ९० प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन ।

कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु पनि फछर्याैट भएको सेनाले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी कर वापत राजश्व बुझाइएको निर्देशक केसीले जानकारी दिए ।

कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अझै सात करोड ४३ लाख ९४ हजार रहेको छ । मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको ४५ अर्ब ८६ करोड नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ । केही वर्षअघिसम्म कोषको ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर रु पाँच करोड दुई लाख ६६ हजारमा झरेको सेनाले जनाएको छ ।

सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा विभिन्न मुलुकमा खटिने सैनिकको पारिश्रमिकबाट कटौती गरेर २०३२ सालदेखि कोष स्थापना गरेको हो । कोषको ठूलो रकम सेनाले निक्षेपका रुपमा बैंकमा राखेको छ । त्यसैगरी सेनाले कोषको रकम विद्यालय, कलेज, अस्पताल, मेडिकल कलेज, पेट्रोलपम्प, हाउजिङ लगायतमा लगानी गर्दै आएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *