नेपाली भूमि डुबान सम्बन्धमा भारतसंग वार्ता गर्न निर्देशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वर्षायाममा नेपालले सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण नेपालीभूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शुक्रबार मन्त्रालयका उच्चअधिकारीलाई भेला गरेर उक्त निर्देशन दिएका हुन्।

मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति जेसीआइएफएम को बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिएकाहुन।

दुवै देशका सह–सचिव रहने उक्त समितिको नेतृत्व नेपालकातर्फबाट सिंचाई विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन्। बाढी र डुबानका कारण तराई क्षेत्रमा बर्षेनी समस्या बढ्दै गएको छ’, मन्त्री पुनले भने, ‘समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक डाक्नुस्। मन्त्री पुनले मन्त्रालयको राजनीतिक नेतृत्वको हिसाबले साधान श्रोतको कुनै कमीहुन नदिने पनी स्पष्ट पारेकाछन्।

नियमित कार्यतालिका अनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिंचाई मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिए। सचिव श्रेष्ठले भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको जानकारी दिएकाथिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *