नेपाली भूमि कसैले एक इन्च मिचेपनि नसहने पुष्पकमल दाहालको भनाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समृद्ध नेपाल र सुखी नेपाली गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताएका छन् । आज चितवनको सौरहामा हात्ती महोत्सवको उदघाटन गर्दै दाहालले विकासका कुरामा आन्दोलन र खुट्टा तानातान गर्न नहुने बताएका हुन । इतिहासमा नेपालीहरु परिवर्तनको आन्दोलनमा एकजुट भएपनि विकास र सम्बृद्धिमा अझै एकताबद्ध हुन नसकेको अध्यक्ष दाहालको गुनासो छ ।

देशको विकासको लक्ष्यमा गति दिन संकल्प र प्रतिवद्धता गर्ने बेला आएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि भने नेपालीहरु सधै एकजुट रहेको बताए । नेपाली भूमि कसैले एक इन्च मिचेपनि नसहने र अरुको भूमि पनि नमिच्ने उनको प्रतिबद्धता थियो । आजवाट शुरु महोत्सव नौ दिनसम्म चल्नेछ । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न महोत्सव आयोजना गरिएको हो । महोत्सव अन्र्तगत हात्ती दौड, हात्तीको वनभोज, छावाहरुको फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङ तथा हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल आयोजना गरिएका छन् । महोत्सवको समापनसँगै विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी समेत गरिएको छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *