नेपाली बैंकका एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– उच्च अदालत पाटनले नेपालका विभिन्न ७ वटा बैंकको एटीएम ह्याक गर्ने चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको वाणिज्य इजलाशले ५ जना चिनियाँ र १ फ्रेन्च नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको हो ।
उच्च अदालतले एटीएम ह्याकिङ प्रकरणमा मुछिएका नेपालीलाई भने धरौटीमा रिहा भनेको छ ।

एटीएम ह्याक प्रकरणमा मुछिएकामध्ये नेपाली नागरिक देवनाथ लामिछानेसँग ३० लाख तथा रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी मागिएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले खबरहबलाई जानकारी दिए ।

पुर्पक्षका लागि थुनामा पठाइएका चिनियाँ नागरिकहरुलाई भने कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा चलान गरिएको सुवेदीले बताए ।

गत भदौ १४ गते शनिबार नेपाली बैंकको एटीएम ह्याक गरी पैसा लुट्दै गरेको अवस्थामा काठमाडौंको दरबारमार्गबाट ५ जना चिनियाँ ह्याकरहरु पक्राउ परेका थिए । पछि उनीहरुको बयानका आधारमा चिनियाँ मूलका अर्का १ जना फ्रेन्च नागरिक पनि पक्राउ परेका थिए ।

प्रहरीको अनुसन्धानबाट चिनियाँ ह्याकरहरुको समूहले नेपाली बैंकिङ प्रणालीमा आक्रमण गरी १ करोड ६८ लाख रुपैयाँभन्दा बढी लुटेका थिए ।

प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा चिनियाँ ह्याकरहरुलाई सहयोग गरेको भन्दै ३ जना नेपालीलाई पनि पक्राउ गरेको थियो ।
उच्च अदालतले एटीएम ह्याकिङ प्रकरणमा मुछिएका नेपालीलाई भने धरौटीमा रिहा भनेको छ ।

एटीएम ह्याक प्रकरणमा मुछिएकामध्ये नेपाली नागरिक देवनाथ लामिछानेसँग ३० लाख तथा रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी मागिएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले खबरहबलाई जानकारी दिए ।

पुर्पक्षका लागि थुनामा पठाइएका चिनियाँ नागरिकहरुलाई भने कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा चलान गरिएको सुवेदीले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *