’नेपाली बृहत् शब्दकोश’को मोवाइल एप्स औपचारिक शुभारम्भ

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा र शब्दको सहजता हुनेगरी ’नेपाली बृहत् शब्दकोश’को मोवाइल एप्सको औपचारिक रुपमा शुभारम्भ गरेको छ । बालुवाटारमा आज प्रधानमन्त्री केपी ओलीले शव्दकोषको औपचारिक रुपमा शुभारम्भ गरेका हुन ।
नेपाली भाषा आफैँमा पहिचान रहेको र विभिन्न भाषा र भाषिकाबाट नेपाली भाषा हुर्कंदै आएकोले यसको विस्तारका लागि प्रतिष्ठानले प्रविधिसँगै एप्स निर्माण गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले १० औं संस्करणको शव्दकोषलाई ६५ हजार १ लाख ६५ हजार शव्दको बनाउने तयारी गरेको छ । कार्यक्रममा प्रतिष्ठानले बर्षभगरि गरेका कामको बार्षिक प्रतिवेदन २०७५-७६ प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो ।
(Visited 1 times, 1 visits today)