नेपाली नेताहरुमा नैतिकताको खडेरी देखियो : माधव नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवपक्षका अध्यक्ष माधव कुमार नेपालले नेपालमा नैतिकको खडेरी परेको बताएकाछन् ।

नेकपा अध्यक्ष एंव भरतमोहन अधिकारी स्मृति फाउण्डेशनका संरक्षक माधव कुमार नेपालले वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतले हराउदा समेत प्रधानमन्त्रीले राजीनामा नदिनु नैतिकता खडेरिभएको टिप्पणी गरेकाहुन । उनले विश्वका अन्य मुलुकमा भए सर्वोच्चले फैसला सुनाउने वित्तीकै राजनीमा आउने नजिर भएपनि नेपालमा सत्ता सम्हाली रहेका व्यक्तिमा नैतिकता नै नभएको आरोप लगाएकाहुन ।

अध्यक्ष नेपालले नैतिकताको प्रश्नमा भरतमोहन र मनमोहन जस्ता उदाहरणी व्यक्तिबाट पाठ सिक्नु पर्ने बताउदै संसदबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिए । उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसहेकाले सबै सांसदहरुले आफुहरुलाई साथ दिने र सूर्य चिन्ह पनि आफुहरुले नै प्राप्त गर्ने जिकिर गरे । उनले सूर्य चिन्हमा कसैलाई कर्के नजर हेर्न नदिने बताउदै चोइटीएका पार्टीले नभई मूलपार्टीले प्राप्त गर्ने जिकिर गरे ।

अध्यक्ष नेपालले नेपालको राजनीति भरतमोहनको पथमा चलेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि पाठ नसिकेको आरोप लगाए । उनले सर्वोच्चले गरेको फैसला महान भएकाले अझ पनि सत्यकै जितहुने बताए । कार्यक्रममा विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *