नेपाली कांग्रेसले दशैं भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसले सांसदहरुलाई उपलब्ध गराएको दशैं भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक विज्ञप्ती प्रकाशित गर्दै सरकारले उपलब्ध गराएको रकम सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

दशैं भत्तावापत कांग्रेस सांसदहरुले पाउने ४३ लाख २० हजार ८ सय १० रुपैयाँ सो कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । कोरोना भाइरस महामारीको कारण उत्पन्न हालको विषम परिस्थितिमा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएको कांग्रेसको ठहर छ ।

कांग्रेसले परीक्षण र उपचारको दायरालाई बढाउँदै जानु पर्नेमा त्यसको ठिक विपरित नेपाल सरकारको कोरोना भाइरसको परीक्षण र उपचार स्वयं नागरिक आफैले गर्नुपर्ने निर्णय गरेकोमा पनि आपत्ति जनाएको छ । संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने जस्ता गैरजिम्मेवार तथा गलत निर्णय तत्काल सच्चाउन पनि कांग्रेसले माग गरेको छ ।

सरकारको निर्णय अदालतको आदेश र जनहित विपरित भएको भन्दै यसले भोलीका दिनमा भयाभह स्थिती आउने चेतावनी पनि कांग्रेसको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले सांसदहरूलाई दिएको दसैं भत्ता फिर्ता गराउन र कोरोना संक्रमितको निशुल्क उपचार गर्नका लागि सरकारसँग माग गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *