नेपाली कांग्रेसद्वारा लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउन सरकारलाई आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रण र बाढी पहिरोका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग आज भेट गरेर विपत्ति नियन्त्रणमा पार्टीको तर्फबाट सरकारको विशेष ध्यानाकर्षण गराएका हुन ।

भेटमा देउवाले संकमितको संख्या बढेकै अवस्थामा लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउनका लागि सरकारसँग माग गरेका छन् । उनले पीसीआर प्रविधिबाट परीक्षण मात्रै गर्न आग्रह गर्दै क्वारेन्टाइन अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरे । उनले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि आग्रह गरे ।

बाढी–पहिरो पीडितको सरकारले उद्धार, राहत र पुनस्र्थापनाका लागि युद्धस्तरमा काम गर्न पनि कांग्रेसले माग गरेको छ । कोरोनाबाट उब्जिएका समस्याहरुलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि कांग्रेसले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । भेटमा प्रधानमन्त्री ओलीले सरकार कोरोना र बाढी पहिरो दुवै नियन्त्रणमा गम्भीर रहेको बताएका छन् । उनले सरकारी संयन्त्रले आवश्यक तयारी गरेको र सक्दो काम पनि गरिरहेको दावी गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *