नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेसम्मका लागि स्थगित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेसम्मका लागि स्थगित भएको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निबास बुढानिलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले शुक्रबारका लागि तय बैठक कार्तिक २४ गते सोमबार १ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा एजेन्डाबारे सहमति नजुटेपछि पार्टी बैठक सारिएको बताइएको छ । पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमति, राष्ट्रिय समसामायिक बिषय लगाएतका बिषयमा छलफल भएको महतले जानकारी दिए ।

बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले अघि सारेको १६ बुदें असहमतिका बारेमा टुङ्गो लगाएर मात्र केन्द्रीय समिति बैठक बस्ने बताए । सवै बिषयमा सहमति खोज्ने र त्यसपछि २४ गते केन्द्रीय समिति बस्ने उहाले जानकारी दिए ।

सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक शुक्रबार पनि बस्ने भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *