नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाए सरकारमाथी गम्भीर आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्र माथि निरन्तर आक्रमण गरिरहेको बताउनु भएको छ ।

शनिवार काठमाडौँमा पाँचथर काठमाडौँ सम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउबाले प्रजातान्त्रिक अधिकारमाथि सरकारको आक्रमण बढिरहेको भन्दै सबैलाई एकजुट हुन आग्रह पनि गर्नु भयो । सरकारले लोकतन्त्र माथी आक्रमण गर्न एक पछि अर्को बिधेयक ल्याएर जनताका अधिकार कटौती गर्न लागेको पनि आरोप लगाउनु भयो ।

सभापति देउबाले प्रजातन्त्रको रक्षाको लागि सबै कांगे्रसजन सचेत भएर लड्नु पर्ने बेला आएको पनि बताउनु भयो । कार्यक्रममा पाँचथर घर भइ काठमाडौँ आएर बसोबास गर्ने कलाकारहरुले गायन नृत्यकला प्रस्तुत गरेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *