नेपालीहरूको प्रतिव्यक्ति आयमा सुधार,निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियो नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिन सफल भएको छ। विश्व बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार नेपालको आर्थिक हैसियतमा सुधार देखिएको हो।

सन् २०१९ मा नेपालीहरूको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो। सन् २०२० को जुलाई १ सम्म नेपालीहरूको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ। सोही आधारमा नेपालको स्थान पनि सुधार भएको हो।

विश्व बैंकको तथ्यांकअनुसार नेपालीहरूको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले बृद्धि भएको छ।

विश्व बैंकले विश्वभरका मुलुकहरूलाई समेटेर निम्न, निम्न मध्यम, उच्च मध्यम र उच्च आम्दानी भएका मुलुकको सूची प्रकाशन गर्छ।

विश्व बैंकले प्रतिव्यक्ति आम्दानी १ हजार ३६ भन्दा कम हुने मुलुकलाई निम्न आय भएको, १ हजार ३६ देखि ४ हजार ४५ अमेरिकी डलर भएको मुलुकलाई निम्न मध्यम आय भएको मुलुकको रूपमा उल्लेख गर्ने गरेको छ।

नेपालसँगै तान्जेनिया र बेनिन निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिन सफल देखिएकाछन्। इन्डोनेसिया उच्च मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ भने मौरिसस, नारौ र रोमानिया उच्च आय भएको देशको सूचीमा समावेश भएका छन्।

त्यसैगरी, ४ हजार ४६ देखि १२ हजार ५३५ अमेरिकी डलर आम्दानी भएको मुलुकलाई उच्च मध्यम आय भएको र प्रतिव्यक्ति आम्दानी १२ हजार ५३५ अमेरिकी डलर भएमा उच्च आम्दानी भएको मुलुकको सूचीमा समावेश गर्ने गरेको छ।

विश्व बैंकले विभिन्न देशको आम्दानीको आधारमा सूचीकृत गर्नका लागि मूल्यवृद्धिलाई आधार मानेर प्रतिव्यक्ति आम्दानीको ‘थ्रेस होल्ड’ हरेक वर्ष परिवर्तन गर्दै आएको छ।

विश्व बैंकले प्रकाशन गरेको रिपोर्टअनुसार तीन देश माथिल्लोबाट तल्लो आय भएका मुलुकको सूचीमा समेत झरेका छन्। दक्षिण एसियाली मुलुक श्रीलङ्‍का उच्च मध्यम आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा ओर्लिएको छ।

त्यसैगरी, अल्जेरिया पनि उच्च मध्यम आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा ओर्लिएको छ। सुडान निम्न मध्यम आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा ओर्लिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *