नेपालीका स्वाभिमानमा आँच पुर्याउने समाचारहरू सम्प्रेषण नगर्न सञ्चारमन्त्रीको आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारका प्रवक्ता एवंसञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले स्वदेशी र विदेशी सञ्चारमाध्यम नैतिक दायराभित्र बस्नुपर्ने बताएकाछन् ।

आइतबार सिंहदरबारमा नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) लगाएतले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाले अपमानित ढंगबाट कुनै पनि मिडिया जान नहुने पनि बताए ।

कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी मानमर्यादालाई नै आँच पु¥याउने गरी प्रतिष्ठा घटाउने गरी गरिएका सञ्चार माध्यमका समाचार, विश्लेषणहरुको भत्सर्ना गरेको उनले बताए ।

राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पु¥याउने समाचारहरू सम्प्रेषण नगर्न पनि उनले अनुरोध समेत गरे ।

कोभिडसँगै अहिले प्राकृतिक विपदसँग लडिरहेको र राजनीतिक नक्सा अध्यावधिक पनि गरेको अवस्थामा नेपालीको एकताबाट कोही तर्सिएको हुन सक्ने उनको भनाई छ ।

मन्त्री खतिवडाले भारतीय सञ्चारमाध्यमले दूरासयपूर्ण विषयवस्तु बाहिर ल्याएको सञ्चारमाध्यम नै बन्द गरिएको बताए । बिदेशी च्याानलमा क्लिन फिड लागू हुनुपर्ने, बिदेशी च्यालनलाई व्यवस्थीत गर्नुपर्ने लगाएतका माग राखि उक्त संस्थाहरुल सञ्चारमँन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *