नेपालसंग फेरी हार्यो अमेरिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि फेरी शानदार जित निकाल्न सफल भएको छ।

त्रिवि मैदानमा भएको खेलमा अमेरिकाले दिएको झिनो ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउदै ८ विकेटले पराजित गरेको हो ।

नेपालको जितका लागि पारस खड्काले १२ बलमा २० रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाए। अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपाललाई पनि अमेरिकी बलरले सुरुमा कडा टक्कर दिएका थिए ।

दोस्रो ओभरमा नेपालका दुवै ओपनर आउट हुदा नेपाललाई कडा झट्का लागेको थियो । ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन र सुवास खकुरेल ४ बलको सामना गर्दा शुन्य रनमै आउट भएका थिए।

अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाएको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *