नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिने: चिनियाँ राष्ट्रपति सी जिनपिङ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताएकाछन् । नेपाल चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्नु आफ्नो प्रमुख महत्वको विषय रहेको बताएकाछन ।

उनले द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना पनि व्यक्त गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशका नागरिकको हितका लागि काम गर्न तयार रहेको बताएकाछन् ।

यस्तै उनले क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध विस्तार आफ्नो प्राथमिकतामा रहेको बताएको खबरमा उल्लेख छ । नेपाल चीनबीच सन् १९५५ को अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

स्थापना दिवसको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले बधाई सन्देश आदानप्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनपिङलाई सन्देश पठाएर नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकिछिन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *