नेपालमै कोरोना संक्रमितको प्लाज्माथेरापीबाट सफल उपचार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा पहिलो पटक कोरोना संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको छ । विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको पहिलोपटक महाराजगञ्जस्थित टिचिङ अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको हो ।उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् ।

विराटनगरका यी संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो अहिले धेरै सुधार देखिएको अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा.सन्तकुमार दासले बताएका छन् ।

डा दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । अहिले उनलाई आईसीयूबाट निकाल्ने तयारी भइरहेको दासले बताएका छन् ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *