नेपालमा ११८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६,६४९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। नेपालमा पछिल्लो समय संक्रमितको सख्यामा कमी देखिदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ११८ जनामा संक्रमण देखिएको हो। शुक्रबार थपिएका ११८ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १२० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८०११ पुगेको छ। अहिलेसम्म कुल संक्रमितमध्ये ३५ जनाको ज्यान गएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *