नेपालमा संक्रमितको सख्या घट्यो, १०८ जना नया संक्रमित कुल संक्रमितको संख्या १६,५३१

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा संक्रमितको सख्या वृद्धिदरमा कमी आएको देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १०८ जनामा संक्रमण देखिएको हो। विहिबार थपिएका १०८ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ७८९१ पुगेको छ। अहिले सम्म कुल संक्रमितमध्ये ३५ जनाले मात्र ज्यान गुमाएकाछन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ। भारतबाट नेपालआउने नेपालीहरुको सख्यामा कमी आएसंगै संक्रमितको सख्यामा पनी कमीआएको छ भने निको भएर घर फर्कनेको सख्यामा बृद्धि देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *