नेपालमा संक्रमितको सख्या १५४९१ पुग्यो ,शनिबार थप २३२ जनामा संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा संक्रमितको सख्या १५४९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिन आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २३२ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ।

त्यसैगरि कुल संक्रमितमध्ये ३४ जनाको ज्यान गएको छ।प्रवक्ता डा.गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *