नेपालमा संक्रमितको संख्या १४५१९ पुग्यो, ४७३ जनामा थप संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४७३ जनामा संक्रमण देखिएको हो। विहिबार थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ। हालसम्म कुल संक्रमितमध्ये ३१ जनाको ज्यान गउको छ।प्रवक्ता डा.गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *