नेपालमा मृत्यु हुनेको सख्या १४६ पुग्यो,थप ६३४ जनामा कोरोना पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ६३४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । संक्रमितहरुमा उपत्यकामा २१६ जना थपिएका छन्, काठमाडौंमा १६० , भक्तपुरमा ५० र ललितपुरमा ६ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कुल सङ्क्रमितहरूको सङ्ख्या ३१, ११७ पुगेको छ । शनिबार १३६ जना डिष्चार्ज भएका छन् भने हालसम्म हालसम्म १८३५० जना डिष्चार्ज भएका छन् । त्यस्तै कोरोनाका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा एक बालिकासहित २ जना, पर्सामा ६१, ५८ र ४८ बर्षिय पुरुष, बारामा ५८ बर्षिय पुरुष, सिराहामा ६८ बर्षिय पुरुष, मकवानपुरमा ५६ बर्षिय पुरुष र भक्तपुरमा ७३ बर्षिय पुरुषको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । हाल क्वारेन्टाइनमा ११,६५८ जना रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *