नेपालमा मंगलबार थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा मंगलबार थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३११४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको ज्यान गएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार चार जना पुगेको छ ।

त्यस्तै थप ३१४२ जना डिष्चार्ज भएका छन् भने हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

हाल आइशोलेशनमा ३७ हजार ४७६ जना रहेका छन् भने क्वारेन्टाइनमा १२७७ जना रहेका छन् ।हालसम्म १४ लाख ८० हजार ९७८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *