•  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा मंगलबार थप ११६ जनामा कोरोना संक्रमित भेटिएका छन् । देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा एक सय १६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिएकाहुन ।

यससंगै कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । मंगलबार ३४ कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६० दशमलव पाँच तीन प्रतिशत हुन् ।

हाल २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार ६ सय ९५ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको उहाले बताए ।

उनले मापदण्ड पूरा गरेर अत्यावश्यक परेका खण्डमा मात्र सार्वजनिक यातायातको प्रयोग गर्न आग्रह समेत गरेकाछन् ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *