नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि,७ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४२६ महिला र ७४६ पुरुष गरि थप ११७२ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष गरि ४९२ जना, भक्तपुरमा ४७ महिला र ४८ पुरुष गरि ९५ जना र ललितपुरमा २६ महिला र २४ पुरुष गरि जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७८०४ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १७४१४ जना रहेका छन् । बुधबार १८९३ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ४९९५४ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल क्वारेन्टाइनमा ७१०४ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ९१८६ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८२२८ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख ४४ हजार ४७४ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *