नेपालमा बाघको सख्या २ सय ३५ पुग्यो, पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगेको छ ।सन् २०१० मा रुसमा भएको बाघ पाइने देशको सम्मेलनमा नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएका थिए ।

त्यही प्रतिवद्धता अनुसार नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या १ सय ५० पुर्‍याउनुपर्नेछ । सन् २०१० मा नेपालसँग १ सय २१ वटा बाघ रहेकामा अहिले नेपालमा २ सय ३५ वटा पुगेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको सरकारले जनाएको छ ।

नेपाल, भारत, बंगलादेश र भुटान बाघ दोब्बर बनाउने अभियानमा लक्ष्य उन्मुख छन् । तर चीन, लाओस, म्यानमार, कम्बोडिया, भियतनामलगायतका देशमा भने बाघको सङ्ख्या बढ्न सकेको छैन । विश्वमा कम्तीमा चार हजार पाटेबाघ रहेको अनुमान छ । अध्ययनअनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेको छ । आज अन्तर्राष्ट्रिय बाघ दिवस पनि मनाइँदैछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *