नेपालमा पछिल्लो २४ घण्टामा थप १,०४१ जनामा कोरोना, संक्रमित संख्या ४५,२७७ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा पछिल्लो २४ घण्टामा थप १,०४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १,०४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ ।शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप १,५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २७ हजार १२७ उपचारपछि निको भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *