नेपालमा दैनिक देखिने संक्रमितको सख्या घट्यो, कुल संक्रमितको सख्या १५९६४ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा देनिक देखिने संक्रमितको सख्या घटेको देखिएको छ ।पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सख्या तुलनात्मक रुपमा कम देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १८० जनामा संक्रमण देखिएको हो।

सोमबार थपिएका १८० सहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६८११ पुगेको छ। कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ। प्रवक्ता डा.गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *