नेपालमा थप ४४९९ जनामा कोरोना भाइरसको संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ८६३ जनाको पिसिआर परीक्षण भएको छ।संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ। योसँगै हालसम्म १ लाख ५ हजार ४८८ जना निको भएका छन्।
शुक्रबार देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८२९ पुगेको छ।
(Visited 2 times, 1 visits today)