नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।बुधबार बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा ज्यान गएको पर्साका एसपी गंगा पन्तले जानकारी दिएकाछन्।

गएको शुक्रबार कोरोना पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि गएराति वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यस्तै झाडापखलाले सिकिस्त भएपछि उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा अस्ति सोमबार ज्यान गुमाएकी पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिएकाहुन।

योसँगै नेपालका कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको हो । यसबारेमा थप जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

अहिलेसम्म ४ लाख ६ हजारको परीक्षण गरिएकोमा २१ हजार ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५ हजार २६ जना उपचारपछि निको भएका छन् । ५ हजार ९ सय २५ जना आइसोलेशनमा र १० हजार ४ सय ५२ जना क्वरेन्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *