नेपालमा कोरोना विरुद्धको भ्याक्सिनको तेस्रो चरणको ट्रायलु गर्न अष्ट्रेलिया इच्छुक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अस्ट्रेलियाले कोरोना विरुद्ध लड्न उपयोगी देखिएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न इच्छा देखाएको छ। मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा अस्ट्रेलियामा दोस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको सबयूनिटु नामक भ्याक्सिनलाई नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायल गर्ने विषयमा छलफल समते भएको छ।

परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले मंगलबार अस्ट्रेलियाका अधिकारीहरूसँग भर्चुअल संवाद भएको र उक्त संवाद सकरात्मक रहेको बताए। उक्त भ्याक्सिन अमेरिकाको बायोटेक कम्पनी नोभाभाक्सले उत्पादन गरेको हो। “उनीहरूले नेपालमा कोरोना विरुद्ध लड्न उपयोगी देखिएको भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छा देखाएपछि छलफल गरेका हौँ,” डा. धिमालले भने, “तर अहिले अस्ट्रेलियामा भइरहेको दोस्रो चरण ट्रायल सफल नभएसम्म नेपालमा तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति मिल्दैन।”

उनले नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायलका लागि कम्पनीले विस्तृत वैज्ञानिक तथा प्राविधि प्रस्ताव पेश गरेपछि मात्र परिषद्ले त्यसबारे आवश्यक छलफल गर्ने बताए। परिषद्समक्ष यसअघि चीन, रसिया र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पनि नेपालमा तेस्रो चरणमा भ्याक्सिनको क्लिनिक ट्रायलका लागि चासो देखाएर छलफल गरिसकेका छन्।

७ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएसँगै नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्ने बाटो खुलेको हो। कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि सो भ्याक्सिन परीक्षण गर्न अनुमति मागेको थियो।

नेपालस्थित रुसी दूतावासले पनि परिषद्सँग भ्याक्सिन ट्रायलका लागि इच्छा देखाएको थियो। रसियाले ट्रायलमा प्रयोग गरिने भ्याक्सिन नेपाल सरकारले अनुमति दिएमा नेपालकै औषधी कम्पनिसँग मिलेर उत्पादन गर्न इच्छा देखाएको परिषद्का प्रमुुख अनुसन्धान अधिकृत डा. धिमालले जानकारी दिएकाछन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *