नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ सय नाघ्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या नौ सय चार पुगेको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य दशमलब छ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा तीन हजार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको हो । संक्रमणमुक्त हुनेको संख्या ७५ दशमलब आठ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घन्टामा ९ हजार ७ सय ६९ पीसीआर नमूना परीक्षण गर्दा २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १ हजार ३ सय ८० पुरुष र ९ सय ८४ महिला रहेका छन ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय १५ संक्रमित थपिएका छन । तिमध्ये १ सय ११ पुरुष र ७ सय चार महिला रहेका छन । काठमाडौं १ हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना संक्रमित थपिएका छन । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ । तिमध्ये ३१ हजार ८ सय ९८ जना होम आइसोलेनमा रहेका छन ।

त्यस्तै ३ सय चार जनाको सघन उपचार कक्ष र ७६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । मुस्ताङमा अहिले कोरोना संक्रमितको संख्या शुन्य छ । झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर ललितपुर, चितवन, मकबानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही र कैलालीमा संक्रमितको संख्या पाँच सय भन्दा बढी छ । कोरोना संक्रमण पहिचानका लागि हालसम्म १४ लाख १९ हजार ६४ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा २ हजार ६ सय ८९ जना मानिस बसिरहेका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *