नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७५ पुग्यो,काठमाडौंका २३० संक्रमित थपीए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको १३, २५३ जनाको परिक्षणका क्रममा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसंगै कोरोना संक्रमितको संख्या ३३४१८ पुगेको छ । थप संक्रमितहरुमा काठमाडौंका २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना समेत रहेका छन् । गत बुधबार ३८५ जना डिष्चार्ज भएका छन् । योसंगै हालसम्म १९,५०४ जना डिष्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ र भक्तपुरका महिला तथा कैलालीका दुई पुरुष, महोत्तरीका तीन पुरुष, बाँकेका एक पुरुष, काठमाडौंका एक जना र बाराका दुई पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको मन्त्रालयले जनाएको छ । हाल ९ हजार ८ ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *