नेपालमा एकैदिन थपीए ७४० जना संक्रमित, संक्रमितको संख्या १५२५९ ,मृतकको संख्या ३२ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ७४० जनामा संक्रमण देखिएको हो।

शुक्रबार थपिएका ७४० सहित नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ। यो सख्या अहिलेसम्मकै उच्च रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ। कुल संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुषरहेकाछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उच्चरक्तचाप र पार्किन्सनका ती बिरामीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *