नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या ५० पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार दुई सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षण गरिएकोमा दुई सय १० जनामा कोरोना पोजेटिभ देखिएको हो । अहिलेसम्म पीसीआर विधिबाट तीन लाख ५८ हजार तीन सय ४४ जनाको कोरोना परीक्षण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ४६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको कुल सङ्ख्या १४ हजार २१ जना पुगेको छ ।

अहिले नेपालमा पाँच हजार दुई सय तीन जनाको विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५० जनाको मृत्यु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *