नेपालभारत सम्बन्ध बहुमुखी, तर सीमा विवादसहित कैयौं सन्धि एकतर्फी :परराष्ट्रमन्त्री ज्ञवाली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग बहुमुखी सम्बन्ध रहेको बताएका छन् । मन्त्री ज्ञवालीले बीबीसी हिन्दीसँगको कुराकानीमा नेपालमा भारतको भूमिका कम अथवा बढी गर्ने विषय अहिलेको मुद्दा नभएको बताउँदै भारतसँग बहुमुखी सम्बन्ध रहेको बताएका छन् ।

उनले भनेका छन्, भारतसँग हाम्रो बहुमुखी सम्बन्ध छ । हामी कुनै एक देशको तुलना अर्को देशको सम्बन्धसँग तुलना गर्दैनौं । सबैसँग स्वतन्त्र सम्बन्ध छ । नेपाल भारतसँग अझै मजबुत सम्बन्ध बनाउन चाहन्छौं । हामी भारतसँग अझ मजबुत आर्थिक सम्बन्धका साथ अघि बढ्न चाहन्छौं । यसमा हामीलाई सफलतासमेत मिलेको छ ।

समाधान नभएका मुद्दाहरु रहेकोसमेत बताएका छन् । उनले भने, सीमा विवादसहित अन्य कैयौं सन्धिहरुमा एकतर्फी प्रावधानहरु छन् । हामी भारतसँग बराबरीका पारस्पारिक सम्बन्ध चाहन्छौं । यस्तो सम्बन्ध जो विश्वासमा आधारित होस् । जसमा उतारचढावभन्दा पनि दुवै देशको हित निहित होस् ।

मन्त्री ज्ञवालीले नेपाल आफ्ना सबै छिमेकी मुलुकसँग सार्वभौमिक समानताका आधारमा अघि बढाउन चाहेको बताएका छन् । उनले भने, आकार सानो भए पनि सम्प्रभुता सबैका लागि बराबर हुन्छ । नेपालको परराष्ट्र नीतिमा सम्भप्रभुताको सम्मान र बराबरी सम्बन्ध सबैभन्दा अहम छ ।

भारतीय मिडियाले प्रधानमन्त्री ओली र नेपालविरुद्ध प्रकाशित समाचारप्रति टिप्पणी गर्दै मन्त्री ज्ञवालीले मिडियाले तथ्यमा आधारित समाचारहरु लेख्‍नुपर्ने बताएका छन् । उनले भने, प्रधानमन्त्री ओली र नेपालका चिनियाँ राजदूतबारे कैयौं आपत्तिजनक कुराहरु आएका थिए । जुन निकै अपमानजनक थियो । हामी चाहन्छौं कि मिडिया इमानदारी साथ काम गरोस् र मिडियाको साखमा प्रश्‍न नउठोस् ।

मन्त्री ज्ञवालीले दुई देशबीच हरेक विवाद द्विपक्षीय वार्तामार्फ समाधान हुनुपर्ने बताएका छन् । उनले भने, हामी कुनै पनि किसिमको टकराव नहोस् भन्‍ने चाहन्छौं । हामी चाहन्छौं कि भारत-चीन दुवै छिमेकी आपसमा मिलेर रहुन् । यसअघि पनि गलवान भ्यालीमा भारत-चीनबीच झडपछि नेपाले आफ्नो धारणा प्रस्ट पारिसकेको थियो ।

मन्त्री ज्ञवालीले भारतमा रहेको गोरखा रेजिमेन्टको मुद्दा दुवै देशबीचको संवेदनशील मुद्दा भएको बताएका छन् । उनले भने, गोरखाको मुद्दामा अहिले हामी विस्तृत रुपमा केही बताउसक्ने अवस्थामा छैनौं । दुवै देशको साझा संस्कृति छ । यसको जरा निकै बलियो छ । दुवै देशबीच कैयौं जटिल मुद्दा हुँदाहुँदै पनि जसलाई हामी समाधान गर्ने कोसिसमा छौं ।

मन्त्री ज्ञवालीले भौगोलिक स्थितिका कारण नेपाल पछि नहोस् भन्‍ने चाहेको बताएका छन् । उनले भने, हामी कुनै एक मुलुकमा निर्भर हुन पनि चाहँदैनौं । हामी पारस्परिक निर्भरताको पक्षमा छौं । यसकारण हामी कोशिस गरिरहेका छौं कि नेपालको ट्रान्जिट सुविधामा विविधता र विस्तार होस् । भारतबाट हामी यस सुविधालाई प्रयोग गरिरहेका छौं । मलाई लाग्छ कि हाम्रा छिमेकीले पनि सम्झिनुपर्‍यो कि एक समृद्ध नेपाल पनि उनीहरुको पक्षमा छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *