नेपालगञ्जमा वैशाख १५गते सम्म लकडाउन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाँकेको नेपालगञ्जमा आज मध्यरातिबाट एक साता लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने छ ।

बाँकेमा कोरोना संक्रमण तिव्र रुपमा बढ्न थालेपछि र अस्पतालहरु विरामीले भरिन थालेपछि लकडाउन गरिएको हो । लकडाउन अवधिभरका लागि अत्यावश्यक बाहेकका सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाईएको छ ।

नेपालगञ्जमा अत्यावश्यक बाहेकका काममा हिँड्डुल गर्नमा समेत निषेध गरिएको छ । यसअघि मंगलवार दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जिल्लाभर एक हप्ता लकडाउन गर्न केन्द्रमा सिफारिस गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *