नेपालगञ्जको इन्द्रपुरमा रहेको चप्पल उद्योगमा आग*लागी, एक शव फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालगञ्ज – इन्द्रपुरमा रहेको चप्पल उद्योगमा आगलागी भएको छ । जानकी गाउँपालिका–३, इन्द्रपुरमा रहेको जय सियाराम मेनु फैक्चरिङ इन्ड्रस्टिज प्रालीमा गएराती १२ बजेदेखि विहान आठ बजेसम्म आगो लागेको हो ।

आगलागीबाट दिलिपकुमार चमार घाइते भएका छन् भने आगोले जलेको अवश्थामा एउटा शव समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । फेला परेको शवको सनाखत भने हुन सकेको छैन यस विषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।आगलागीमा पर घाईते चमारको हात र खुट्टा आगोले पोलेको छ । नेपालगञ्ज–खजुरा सडक खण्डमा रहेको उद्योगमा चप्पल, पोछा र ट्वाइलेट ब्रस बन्दथ्यो ।

उद्योग सञ्चालक अमरजित सिंहले क्षतिको विवरण यकिन भइनसकेको बताएका छन । मध्यरातमा लागेको आगो बाँके र बर्दियाका ६ वटा दमकल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टीमले विहान आठ बजेतीर मात्र नियन्त्रणमा लिएका थियो ।

उद्योगमा दिनरात दर्जनबढी कर्मचारीले काम गर्दथे । होली परेकाले मंगलबार राती कोही थिएनन् । आगलागीसँगै ठूलो आवाज आएको स्थानीयले जानकारी दिएकाछन् ।

घाइते चमारको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले ठूलो संख्याका प्रहरी रातभरी नसुतेर आगो निभाउन खटिएको बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *