नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र माफियाहरुको हातमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएको विकृति झन–झन बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

चिकित्सा शिक्षा आयोग गठनको एक वर्षमा एक पटकमात्रै बैठक बसेको भन्दै उहाले गुनासो समेत गर्नुभएको छ । डेमोक्रेटिक मुभमेन्ट फर नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले शुल्क निर्धारण लगायतका कुरामा पनि राज्यले लिङरिङ गरिरहेको आरोप लगाउनुभयो ।

विद्यार्थीहरुले उठाएका मागहरु जायज नभए यो–यो कारणले मागहरु जायज छैन भनेर कारबाही गर्नुपर्ने उहाको भनाई छ । उहाले वर्तमान सरकार विगतकोजस्तो २ महिना, ६ महिना वा ८ महिनाकोजस्तो सरकार नभएर दुई तिहाई बहुमतको सरकार भएकोले सरकार निरीह बन्न नहुने बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै न्यूनतम १० प्रतिशत बजेट छुट्याउनुपर्छ भनेर भनेकोमा सरकारले ४.४ देखि ४.८ को बीचमा मात्रै छुट्याएको उहाले बताउनुभयो । निजी मेडिकल कलेज सञ्चालकहरुले पनि ताला चाबी सरकारलाई बुझाउने कुरा गरेको सन्दर्भमा टिप्पणी गर्दै उहाले आफैंले बनाएको नियम पालना नगर्नेहरुलाई कारवाही हुनुपर्ने बताउनुभयो ।

  • बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र लगभग माफियाहरुको हातमा पुगेको कडा टिप्पणी गर्नुभयो । त्यस्तै, उहाले आयोग गठनमा पनि ढिलाई भएको बताउनुभयो ।
(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *