नेपालको संविधान विश्वकै उत्कृष्ट : सुवास नेम्वाङ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको अहिलेको संविधान विश्वकै उत्कृष्ट रहको बताउनुभएको छ ।

तत्कालिन राप्रपा नेपालका महामन्त्री स्वर्गीय चन्द्र बहादुर गुरुङको चौर्थौ बार्षिक पुण्यतिथिीका अवसरमा चन्द्र बहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठानले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले सवै दलहरुको एकता र समझदारीका कारण विश्वकै उत्कृष्ठ संविधान बनाउन सफल भएको समेत बताउनुभयो । उहाले आइपियुले नेपाललाई राम्रो संविधान बनाएवापत अवार्ड प्रदान गरेको धारणा राख्नुभयो ।

नेम्वाङले मुलुकको परिवर्तनका लागी र संविधान निर्माणका लागी स्वर्गीय गुरुङले खेल्नुभएको भूमिकाको स्मरण गर्नुभयो । कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले पार्टीलाई हरेक अवस्थामा साथ दिने र अहिलेसम्मको मजबुद अवस्थामा ल्याउनका लागी स्वर्गीय गुरुङको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

गुरुङको २०७२ साल आश्विन १६ गते उपचारका क्रममा अमेरिकामा निधन भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *