‘नेपालको विमानस्थललाई अन्तर्राष्ट्रिय आतंकवादीले ट्रान्जिट बनाउन सक्छन्’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – अमेरिकाले आतंकवाद सम्बन्धी आफ्नो पछिल्लो प्रतिवेदनमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय आतंकवादीले आफ्नो ट्रान्जिट बनाउन सक्ने गम्भीर विषय उठाएको बाहृखरीले लेखेकाे छ । यही नोभेम्बर १ तारिखका दिन अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको र अमेरिकी कंग्रेसमा प्रस्तुत भएको अन्तर्राष्ट्रिय आतंकवाद सम्बन्धी प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

प्रतिवेदनमा नेपालमा सन् २०१८मा आतंकवाद सम्बन्धी गतिविधि भने नदेखिएको जनाइएको छ । प्रतिवेदनको पेज नम्बर १७५ देखि १७७ सम्म नेपालसम्बन्धी प्रसंग उल्लेख छ । घरेलु आतंकवादको रुपमा सन् २०१७को प्रान्तीय र संघीय निर्वाचनका क्रममा मतदातालाई धम्क्याउने र सरकारी कर्मचारीलाई लक्षित गर्ने काम भए पनि २०१८मा यो क्रम घटेको उल्लेख गरिएको छ ।
धेरैजसो आक्रमण नेपाल कम्युनिस्ट पार्टी माओवादीका नामबाट भएको जनाउँदै अमेरिकाले जसलाई नेत्रविक्रम चन्द समूह वा विप्लव समूह पनि भनिने गरेको र सो समूह मूलधारको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट सन् २०१५मा फुटेको जनाइएको छ ।

नेपालको सुरक्षा सेवाले विप्लव समूहलाई निरन्तर रुपमा निगरानीमा राखेको जनाउँदै प्रतिवेदनमा नेपालको भारतसँगको खुला सीमाका कारण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकलका कारण नेपाल निरन्तर रुपमा अन्तर्राष्ट्रिय आतंककारीको ट्रान्जिट हुन सक्नेतर्फ सचेत गराइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *