नेपालको विभिन्न स्थानमा रहेका पेट्रोलियम अन्वेषणको प्रकृया अघि बढ्यो,आउन थाल्यो प्राविधिक सामाग्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, चीनले पेट्रोलियम अन्वेषणको लागि आवश्यक इक्विपमेन्ट ल्याउने प्रकृया अघि बढाएको छ। अन्वेषण अध्ययनको जिम्मा पाएको चिनियाँ भौगर्भिक अध्ययन संस्थाले आवश्यक इक्विपमेन्ट ल्याउने प्रकृया अघि बढाएको हो।

अन्वेषण गर्ने सामाग्री नेपाल ल्याउन भन्सार छुटको लागि खानी तथा भुगर्भ विभागले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। चिनियाँले नेपालमा रहेको पेट्रोलियम पदार्थको निशुल्क अन्वेषण गर्नेछ।
अन्वेषण गर्ने केही इक्विपमेन्ट नेपाल आइसकेको छ भने बाँकी सामाग्रीको प्रकृया अघि बढेको छ। वर्षामा अन्वेषणको काम गर्न नसकिने भएकाले अब दशैंपछि अध्ययनको कामले तिब्रता पाउने विभागका पेट्रोलियम अन्वेषण प्रमुखले जानकारी दिएका छन ।

सर्भे टोलीले नेपालमा प्रारम्भिक चरणको अन्वेषण गर्नेछ। सुरुमा दैलेख जिल्लाको तीन स्थानमा बलिरहेको ज्वाला कुन स्थानबाट निस्किएको छ त्यो स्क्यानिङ गर्नेछ भने स्क्यानिङ गर्न करिब पाँच महिना लाग्ने अनुमान गरिएको छ।

स्क्यानिङबाट सम्भावित स्थानहरु पत्ता लगाइनेछ। यो प्रणालीबाट ७ किलोमिटर तलसम्मको नक्सा तयार गर्न सकिने बुझिएको छ। यसरी पत्ता लगाइएको स्थानमा टोलीले ड्रिलिङ गर्नेछ। चिनियाँ टोलीले ६ देखि ७ किलोमिटरसम्म जमीन मुनी ड्रिलिङ गर्नेछ।

यो प्रकृयाबाट कति परिमाणमा पेट्रोलियम कच्चा पदार्थ रहेको जानकारी पाउन सकिने छ। त्यही कच्चा पदार्थबाट व्यवसायिक रुपमा पेट्रोलियम कच्चा पदार्थ सम्भव भए नभएको पत्ता लाग्नेछ। यो अध्ययनका लागि कुनै अवरोध वा विदेशीशत्तिको दवाब न आए कम्तीमा दुई वर्ष समय लाग्ने अनुमान गरिएको छ।

विभागले गरेको प्रारम्भिक अध्ययनमा धनगढी, कर्णाली, नेपालगंज, लुम्बिनी, चितवन वीरगंज, मलंगवा, जनकपुर राजविराज र विराटनगरमा पेट्रोलियम कच्चा पदार्थ रहेको अनुमान गरेको छ।

दैलेखमा पेट्रोलियम कच्चा पदार्थ खोज्न ७ किमीसम्म ड्रिल गर्नु पर्ने प्रारम्भिक अध्ययनले देखाएको थियो।

जिओलजिकल सर्भे टोलीले सुर्खेत,दैलेख, बुटवल,पाल्पा र चतरा,बराह क्षेत्रको पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्नेछ। विभागले गरेको अन्वेषणबाट दैलेखको पादुकास्थानमा पेट्रोलियम कच्चा पदार्थ रहेको प्रमाणित भैसकेको विभागले जानकारी दिएको छ।

नेपालमा ३० वर्षअघि देखि पेट्रोलियम अन्वेषणको चर्चा चलेपनि ठोस प्रगति हुन सकेको छैन्। नेपालमा यसअघि ५ वटा विदेशी कम्पनीले विभागबाट पेट्रोलियम अन्वेषणको अनुमति पाएर काम सुरु गरेका थिए। सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, बिबिबी च्याम्पियन्स अमेरिका र इएबीजी कम्पनी युएईले पेट्रोलियम अन्वेषणको काम गरेपनि बिचमै काम छोडेका थिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *