नेपालको प्यारा तालमा भारतको दाबी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुरको पुनर्वास नगरपालिका–९, बीचफाँटास्थित नेपाली भूमिमा पर्ने प्यारा ताल केही वर्षयता भारतले दाबी गर्न थालेको खबर नयाँपत्रीले लेखेको छ । सीमा स्तम्भ नम्बर १९४–१९५ बीचमा यो ताल पर्छ । तर, भारतले सीमा स्तम्भ नम्बर १९५ बाट ६ सय मिटरयतासम्म भारतले आफ्नो भएको दाबी गरिरहेको बीचफाँटाका कुबेर नाथले बताए ।

भारतको दुधुवा नेसनलपार्कका जनावरलाई पानीको व्यवस्थापनमा सहज हुने भएकाले दुधुवासँगै जोडिएको ताललाई भारतले आफ्नो दाबी गर्न थालेको हो । ४०–४५ वर्षअघिदेखि यो ताल नेपालको एकलौटी रहेको मलाई सम्झना छ । जिल्ला विकासले माछापालनको ठेक्का लगाउँथ्यो,’ नाथले भने, ०६०र०६१ देखि भने भारतले आफ्नो दाबी गर्न थालेको हो ।’

स्थानीयका अनुसार प्यारा तालभन्दा धेरै पर रहेको १९५ नम्बरको जंगे पिलर एसएसबीले भत्काउन खोजेको थियो । ढलेको पिलर स्थानीयले हटाउन नदिएको नाथले बताए ।पुनर्वास नगरपालिकाका अनुसार साँघुरो भए पनि यो ताल करिब पाँच किलोमिटर लामो छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *