नेत्रविक्रम चन्द विप्लब समूहका कार्यकर्र्ता हतीयार सहित पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिल्ला प्रहरी कार्यालय झापाले नेत्रविक्रम चन्द विप्लब समूहका कार्यकर्तालाई हतीयार सहित पक्राउ गरेको छ । जिल्लाका बिभिन्न स्थानमा बम बिस्फोट गराएको र आतङ्क सृजना गरेको अभियोगमा प्रहरीले विप्लबका तीन कार्यकर्तालाई हतीयार सहित पक्राउ गरेको जनाएको छ ।
झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्र, झापा जिल्ला हल्दिवारी गा.पा. वडा नं. ५ का जनसरकार प्रमुख टिका पोखरेल, मकवानपुर जिल्ला भिमफेदी गांउपालिका वडा नं. २ वस्ने पार्टी यूवासंगठन सदस्य अनुल सारु मगरलाई प्रहरीले पक्राउ गरेको प्रहरीले मङ्लबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल– २ थान, त्यसमा प्रयोग हुने ४ राउण्ड गोली, मोबाइल– ५ थान , मेची ब्युरो लेखिएको स्टाम्प, प्रेस विज्ञप्तिको पत्र, नेकपा लेखिएको विप्लबको हस्ताक्षर भएको आर्थिक सहयोग गरिदिने बारेको पत्र लेटरप्याड, नेपाल कम्युनिष्ट पार्टीको सहयोग रसिद बुक थान, अर्धकट्टी , डायरी जनक्रान्ति र दर्शन शास्त्र प्रारम्भिक ज्ञान लेखिएको किताब, पार्टीको मिटिङ र विभिन्न व्यक्तिहरुको नामावली लेखिएको कापी लगायत बरामद गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
केहि समय अघि बिर्तामोड नगरपालिका वडा ७,८,९ को संयुत्त, कार्यालय, बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था को लिमिटेडको भवन र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ५ जनासहित विप्लव समूहका ८ जना कार्यकर्ता अहिले सम्म झापामा समातिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *