नेकपा स्थायी बैठकमा १२ जनाले राखे आफ्नो धारणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार १२ जना सदस्यहरुले धारणा राखेका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा बसेको बैठकमा मातृका यादव, बर्षमान पुन लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट लगाएत १२ जनाले धारणा राखेका हुन् । बैठकमा स्थायी समिति सदस्य मातृका यादवले नेकपाको विचारधारामा प्रचण्डपथलाई पनि समेट्नु पर्ने भनाइ राख्नुभएको थियो । प्रतिवेदनमा प्रस्तावित वैज्ञानिक समाजवादको बाटो हुँदै साम्यवादमा जाने कार्यदिशामा उहाले असन्तुष्टी पनि जनाउनुभएको थियो । अन्य सदस्यहरुले प्रतिवेदनमाथि समर्थन गर्दै बिचार, संगठन, बिधी तथा सरकारका भूमिका बारेमा आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपा स्थायी समिति बैठक बसिरहेको छ । आइतबारबाट जारी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधनको प्रस्तावमाथि सोमबारबाट सदस्यहरुले आफ्नो धारणा राखेको उहाले बताउनुभयो ।

बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध समेत भएको छ । अहिले अनुमोदनका लागि संसदमा विचाराधीन यो परियोजना नेपालको हितमा नरहेको भन्दै नेता भीम रावलले विरोध जनाउनुभएका हो । उहाले कुनै पनि शक्ति राष्ट्रको कुनै पनि किसिमको सैन्य गठबन्धनमा नेपाल जान नसक्ने बताउनुभयो ।

उहाले नेपालको संविधान, नेपालको परराष्ट्र नीतिले त्यो अनुमति नदिने बताउनुभयो । अमेरिकाका कतिपय आधिकारिक व्यक्तिहरूले एसिया भ्रमणका क्रममा एमसीसी आइपीएसको अंग हो भनेर सार्वजनिक रुपमा भनेको कुरातर्फ बैठकको ध्यानाकर्षण गराएको उहाले बताउनुभयो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *