नेकपा स्थायी कमिटी बैठकमा मिलेन कुरो,आइतबारसम्मका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक बिहीबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बैठक नरोक्ने निर्णय भएता पनि आज बस्ने भनिएको बैठक स्थगित भएको हो । बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।
अध्यक्षद्वय ओली र दाहालले सहमतिका लागि थप समय माग गरेका कारण बैठक स्थगित भएको बताइएको छ । यसअघि आज ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका लागि सारिएको थियो ।
(Visited 1 times, 1 visits today)