नेकपा विवाद उत्कर्षमा पुगेपछि चिनियाँ राजदूत यान्छीको सक्रियता बड्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा सत्ता परिवर्तनले राजनीती तातेको बेला विभिन्न देशले आफ्नो सक्रियता बडाउने गरेको विगतमा पनी देखिएको थियो । उबेला भारतले आफ्नो सक्रियता अधिकमात्रामा बडाउने गर्थ्यो भने हाल चीनको सक्रियता बडाउने गरेको देखिन्छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र विवाद वढिरहेका बेलामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेरी आफ्नो सक्रियता बढाएकी छिन् ।आइतबार साँझ मात्र यान्छीले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको निवासमै पुगेर भेटवार्ता गरेकी छिन् । पहिले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसपछि नेपाललाई भेटेकी हुन् ।

वरिष्ठ नेता नेपाल र यान्छीबीच कोटेश्वरस्थित नेपाल निवासमा भेट भएको हो । करिब दुई महिनाअघि पनि नेकपाभित्र शीर्ष नेताहरुबीचको विवादले गम्भीर मोड लिएका बेला राजदूत यान्छीको समेत सक्रियतापछि साम्य भएको चर्चा गरिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *