नेकपा माले का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्व उपप्रधानमन्त्री एवं नेकपा माले महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भिर घाईते भएका छन ।

महासचिव मैनाली चढेको गाडी वीपी राजमार्ग्स्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो । झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मनौलीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी , नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् । दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । दुर्घटनामा घाइतेमध्ये सीपी र बुहारी पुजाको अबस्था गम्भिर रहेको छ ।
मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको हरीले जनाएको छ । गम्भिर घाईते दुवैलाई काठमाडौं पठाउने तयारी गरिएको छ । अन्य घाईतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भईरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *